मधुपर्क २०६५ पुस

मोफसलः पीडा र रचनाशक्ति

माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामर्थ्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ । शक्तिशाली कलमहरू मोफसलमा रहेर पनि आफ्नै रचना शक्तिमा स्थापित हुँदै आएका छन्, रचनाशक्ति नहुनेहरू राजधानीमै रहेर पनि पानीको फोकाझैँ अस्तित्वबोध हुन नपाउँदै बिलाएका पनि छन् । मोफसलमा रहेर निरन्तर सक्रिय कलमहरूले यसको दृष्टान्त दिई नै रहेका छन्, राष्ट्रिय मूलधारको साहित्यलाई चुनौती दिँदै आफ्नो स्थान बनाइ नै रहेका छन्, बनाइरहने छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविताको कमाल

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखभन्दा लेखक भिन्न

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिवजी नेपाल किन आए ?

शान्त्र्यै शिवजी हिमालयतिरै बस्थे नि कैलासमा
पत्नी थिन् पहिले प्रजापतिसुता बस्थिन् सती साथमा
के के कारणले यतातिर झरे श्रीशम्भु नेपालमा
दक्षैले अपमान धेर शिवको गर्दा भए यज्ञमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहिद नबनाउँ, सहिदका सपनाहरूलाई

  • by

निस्पट्ट अँध्यारो,
कहिल्यै उज्यालो नहुने
कहालीलाग्दो रात
जीर्ण, थोत्रो
धमिरा लागेको
भत्किन लागेको यो महललाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खयरको रक्सी

  • by

मूलघाटबाट उकालो जाँदाजाँदै गाडीको इन्जिन बढी तातिएकोले एक्कैछिन बिसायौँ । चैतको महिना भएकोले कतै हरियो-परियो देखिँदैन, रूख-बिरुवा पाउलो फेर्न लागेको समय हो यो । वारिपारि सबैतिर हेर्दा सुख्खा-पेङ्खर मरुभूमिजस्तो देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •