नदी र जीवन
पूर्वलिखित दुईवटा निबन्धहरू च्यातेपछि म ढुक्क भएको छु । अब म नयाँ निबन्ध लेख्न चाहन्छु । यो निबन्धको अन्त्य कसरी हुन्छ ? मलाई थाहा छैन । यो निबन्ध अन्त्य थाहा नभएको एउटा सुरुवात हो । जीवन पनि त अन्त्य थाहा नभएको एउटा सुरुवात न हो । मानिसले निष्कर्ष भेट्टाएको छ कि जीवनको अन्त्य मृत्यु हो तर मृत्युको आगमन कसरी हुन्छ, कसैलाई थाहा छैन । यो लेखिँदै गरेको निबन्ध र जीवनमा एउटा लोभलाग्दो समानता छ । यिनीहरू दुवैको अन्त्यको कुनै स्पष्ट टुङ्गो छैन ।
