Skip to content

राजेश नतांश

फ्रन्टपेजको तस्बीर

तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्प चाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चश्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शिर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ । तस्वीरको क्याप्सन पढ्छु । यसो लेखिएको छ, – “आकल्प दाहाल उनकी बाल्यकालकी साथी आँचल श्रेष्ठसँग सोमबार वैवाहिक सम्बन्धमा गाँसिदै । आँचल दस महिना अघि विधवा बनेकी थिइन् । हिन्दू वैवाहिक परम्पराअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ ।”

फेरि एक चोटी मेरो सिउँदो रङ्गियो । फेरि एक चोटी म रातो साडीमा बेहुली बन्न पुगेँ । मेरा हातमा काँचका राता चुराहरू बज्न थाले । हत्केलामा फेरि एक पटक मेहन्दी छापिए । म त्यसलाई गौर गरेर हेरिरहन्छु । असाध्यै चहकिलो देखिन्छ । हत्केलाका भाग्यरेखा हेर्छु । चलिरहेको चलचित्रझैँ प्रतीत हुन्छ । कस्तो लेखान्त हो यो ? म आफैलाई प्रश्न गर्छु । जीवन कस्तो लिपी हो, बुझ्नै नसकिने । पढ्नै नसकिने । एकाएक प्रश्नहरू खेल्न थाल्छन् । जीवनको रचनाकारलाई कतै भेट्टाएँ भने सोध्ने थिएँ, “आखिर किन लेख्यौ मेरै जीवन यस्तो ?”

चट्पटे मन

काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीले झैँ अनुरोध गर्छे– ‘ओई ! चट्पटे खान जाम न !’

उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने, चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरू एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरूप्रति तत्कालै सहमति जनाइहाल्छु– ‘जाऔँ, हिँड् ।’

20110220_RajeshNatansh_Kanchhi

कान्छी (कथा)

  • by

कान्छीको पेट दिनानुदिन चुलिंदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरू चलिरहेका थिए । गाउँलेहरू प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा छानबिन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् । जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी गर्भवती बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा चल्नु स्वभाविक नै थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ?

“बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?”

“आम्मै ! कुन चै पापी होला त्यो ?”

“लाटी त हरामी नै निस्की नी ! रातभरि लोग्नेमान्छेसँग सुत्दी रैछे । के माया गारि’रा यस्तालाई ?”

“त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रैछे ।”

“बिचरीलाई के भनेको त्यस्तो ? अब कसरी बाँच्ली ?”

“कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।”

“ह्या ! यस्ती भालुको हाम्लाई के चासो ?”

रूथ

  • by

“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”

“तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !”

रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन देखिन्थिन् । उनको मुखमा सेतो पदार्थ जमेको देखिन्थ्यो । कोठाको चारैतिर सरसामानहरू असरल्ल छरिएका थिए । मान्छेहरूको भीडभाड निकै देखिन्थ्यो । प्रहरीहरू लासको मुचुल्का उठाउन लागिरहेका थिए । उनीहरू वरिपरिका सबुत प्रमाणहरू एकत्रित गर्नमा तल्लीन थिए । पत्रकारहरू फोटो खिच्नमा व्यग्र थिए । मैले उनको अनुहारमा धेरै बेर हेरिरहन सकिनँ, उनको तस्बिर लिनै सकिनँ, मेरा हातहरू अनायासै कामिरहेका थिए । हृदय वाचाल भएको थियो । म रूथको नजिकको मान्छे । छोटो समयमै उनी मसँग नजिकिएकी थिइन् तर एक्कासि यो के हुन गयो…..? आफैँलाई पत्यार लागेको थिएन ।

मलाई रूथ निक्कै अचम्मकी लाग्ने गर्दथ्यो । उनीजस्तो युवती मैले यसअघि देखेकै थिइनँ । पातलो शरीर, छोटो पातलो अनि रिठ्ठा जस्तो कालो केश, हँसिलो अकिञ्चन चेहरा र निर्दोष गाजलु आँखा भएकी थिइन् । नीलो जिन्स पेन्ट अनि रातो टिसर्टमा सजिएको भेषमा उनलाई मैले पहिलो पल्ट देखेको थिएँ, उनी मेरो अफिसमा आएकी थिइन् । उनी निक्कै मिजासिली र बोलैया स्वभावकी थिइन्, उनको बोल्ने शैली देखेर मलाई एकदमै रिस उठेको थियो । “कस्ती केटी होली ?” मनमनै सोचेको थिएँ, “के बोल्दैछु भन्ने पनि थाहा छैन होला, यसलाई त ।”

कालरात्री र बलाकृत आँसु

  • by

हो ! हो !! हो !!! मेरै दोष हो । मैले जानीजानी नै गरेकी हुँ । म नै हुँ अपराधी । म आफ्नो दोष कबूल गर्न तयार छु । म आफूलाई दोषी मान्न तयार छु । म सबैको नजरमा पापी हुँ । यो घटनाबाट म कसरी उम्कन सक्छु र ? तपाईँ सर्वैसर्वा हुनुहुन्छ । तपाईँ न्यायकर्ता हुनुहुन्छ । तपाईंलाई सबै थाहा छ किनकि विज्ञ हुनुहुन्छ । तपाईंलाई के गलत र के सही भन्ने थाहा छ । तपाईंको स्तर मभन्दा माथि छ । तपाईं राजनीतिकर्मी, तपाईं समाजशास्त्री, तपाई विज्ञ, तपाईं अधिकारकर्मी, तपाईँ न्यायकर्मी, तपाईँ नैतिकवान, तपाईँ विद्यार्थी, तपाईं प्राध्यापक, तपाईँ शिक्षक, तपाईँ विशेषज्ञ, तपाईँ वकिल, तपाई पुलिस, तपाई सेना, तपाई डाक्टर, तपाईं पत्रकार । तपाईं नै सर्वैसर्वा हुनुहुन्छ । समाजमा प्रतिष्ठित हुनुहुन्छ तपाईं र तपाईंलाई सबैले जदौ गर्छन । तपाईँलाई सबैले मानसम्मान दिन्छन् । तपाईंलाई मात्र हैन तपाईँको पदलाई पनि सलाम गर्छन सबैले । यसकारण तपाईँ अरूलाई न्यायप्रदान गर्नुहुन्छ ।

म को हुँ र ? मेरो अस्तित्व के छ र ? निस्सारताको कालो छिद्रमा खाँदिएको छ मेरो जीवन । मैले मेरो तौल भेट्टाएकी छैन । मेरो कुनै अस्तित्व छैन । म अस्तित्वहीन छु । मेरो कुनै मूल्य छैन । मेरो बजार भाउ तोकिएको छैन । यसकारण म सित्तैमा उपलब्ध छु । मानिसहरू मलाई आवश्यक परे लान्छन् नभए त्यसै छोडिदिन्छन् । म कुहिँन्छु, सडिन्छु । कसलाई के चिन्ता छ र ? कसले पो मलाई मूल्य तोकिदिएको थियो र ? कसले मलाई पो मलाई देख्छ र ? म अदृश्य छु । म हावा हुँ, यद्यपि कसैले पनि अनुभव गर्न सक्दैनन ।

फेसबुकको वास्तविक फेस

कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु – ‘आई ह्याभ नो बडी(ई)’। मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई सबै निस्सार लाग्छ आजकल । मममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छु । मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ ।

मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू कदापि उजाडिएका छैनन् तर किन यो मन बहकिन्छ यसरी ? मैले आत्ममूल्यांकन गर्न सकिरहेको छुइनँ । म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर वस्तुहरू उत्पादन गर्नमा विवश छ । म आफूलाई ऊन कात्ने चर्खामा प्रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न सकिरहेको छैन । गाँसिन चाहन्छु कसैको सम्बन्धको धागोमा तर त्यसपछिका दिनहरूमा उब्जने परिस्थितिहरू मलाई एकदमै भयावह लागिरहेछ ।

आजकल म नजानिँदो पाराले फेसबुकमा टहलिने गदैछु । अनायासै म आफूलाई फेसबुकका भित्ता(वाल)हरूमा टाँसिरहेको छु । मन बहलाउन खोजीरहेछु, निस्सार प्राप्तिका लागि तर त्यो एकदमै क्षणिक मात्र लाग्ने गर्दछ । त्यहाँ टासिँएका कैयन् विरहको मालाहरूले मेरो घाँटी न्याकिरहेका छन्, निस्सार म त्यो भोग्न बाध्य छु वा जानीजानी त्यो भोगिरहेको छु । मलाई ती पीडा र क्रन्दनहरू असाध्यै भयावह लाग्ने गर्छन् । अनायासै ती परिचित भावनाहरूसँग म टोलाउने गर्छु घण्टौंसम्म ।

RajeshNatamsh

रस चुस्ने भँमरा

  • by

जता हेर्यो त्यतै अँध्यारो लाग्छ आजकल मलाई । मैले सोचेकी थिइनँ मेरो जीवन यस्तो कारुणिक बन्छ भनेर । सायद विधाताले लेखिदिएको होला यस्तो । लाचार बनेको छु म । हेर्दाहेर्दै यसरी म बर्बादीको खाडलमा कहिल्यै ननिस्कने गरी भासिन्छु भन्ने मलाई के थाहा ? यस्तो हुनुमा मेरो मात्रै गल्ती थियो र ? मैले कुन जन्ममा पाप गरेकी थिएँ र आज म लाचार भइरहेकी छु ? दश नङ्ग्रा खियाएर भएपनि, आधा पेट भरेकी थिएँ । भोको बसेरै भएपनि, मेरो विगतको जीवन धानेकी थिएँ नी ? मेरो दायित्वको मलाई ज्ञान थियो तर मलाई के थाहा मेरो जिन्दगी यति भयावह हुन्छ भन्ने कुरा ।

कति खुशी थिएँ म विगतका दिनहरूमा । आज सम्झिँदा केही राहतको महशुस हुन्छ । तर ती विगतका दिनहरू कहिल्यै फर्केर नआउने रहेछ । दुःख, वेदना र विरहका खाँदिला भारीहरू ममाथि भरिदै गए, कहिल्यै कम भएनन् । दिन, हप्ता, महिना, वर्ष र दशक हुँदै थामिदै हिडेँ उज्यालोको खोजीमा तर अँध्यारोले मेरो अपहरण गर्यो । मसँग भएका सारा खुसीहरू खोसेर लग्यो । हार गुहार गरेँ, विन्ती चढाएँ, आँशुहरूका वर्षा गराएँ तर सुनेन त्यस निर्दयी नियतिले ।

अझै पनि झलझली नाचिरहेका छन् विगतका दिनहरू चलचित्रझैँ बनेर मेरो मानसपटलमा । म निकै खुसी थिएँ । मेरा सम्पूर्ण इच्छा, आकांक्षाहरू पूरा हुने गर्दथे । मैले चाहेका, मागेका, मनपराएका तमाम चाहना तथा इच्छाहरू पूरा गरिदिनुहुन्थ्यो बाबाले । लाग्थ्यो म निकै भाग्यमानी छु । म आफुलाई सुन्दर फूलसँग तुलना गर्थे । पवित्र, निश्चल र मोहकका साथ प्रत्येक विहानी फूलिरहेकी हुन्थेँ । मेरा वरिपरि डुलिरहेका भँमराहरू देखेर लज्जाको महसुस हुने गर्दथ्यो मलाई । तर म तिनीहरूलाई वास्तै गर्दिन थिएँ । आखिर फूलेको फूलमा भँमरा नआउने पनि त होइन । मलाई वास्तै लाग्दैन थियो तिनीहरूको । फूल फूलिरहुञ्जेल मात्र हो तिनीहरूको समीप । ओइल्याएपछि नामो निशाना रहँदैन तिनीहरूको । विना लज्जा टाढिन्छन् ओइल्याएपछि । अर्को फूलको मोहकले आकर्षित गर्छ तिनीहरूलाई ।

अतीतका ती पलहरू

अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो। उता उर्मि भने चाहिँ आफ्नो तन्द्रालाई अँगाल्न सकेकी थिइन। कसरी पाओस् त सुत्न। दिनभरि चर्किलो घाममा लेभरकाम गिट्टी, ढुङ्गा, इट्टा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वासको बिमारी। उनको छोरो ‘संकल्प’ पनि बेस्सरी रूँदै थियो। उर्मि खोक्दै फुल्याउँदै थिई। त्यसलाई के भएको थियो कुन्नी थाहा थिएन।

समयचक्रमा विकल सर

  • by

निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे । हेर्दै सरल, सभ्य र हृष्टपुष्टताले गर्दा जो कोहि पनि उनीप्रति आर्कषित हुन पुग्थें । झन् क्याम्पसका केटीहरू त ज्यानै दिन खोज्थे । हरपल झुमिरहन्थे उनीहरू । क्याम्पसमा उनी अंग्रेजी विषय पढाउँथे । सार्‍है सिर्जनात्मक थिए । उनको सफलताका पछि उनको संघर्षको अर्को पाटो थियो । बुबा-आमा सानै उमेरका बितेका थिए । धेरै वर्ष संघर्ष गरेर यो स्थानसम्म आएका थिए उनी ।

जीवनका गोरेटोहरू रहेछ

  • by

साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने गर्दथे । अथवा भनौं ती दिनहरू मेरो स्मृतिपटलमा अझैसम्म ताजै छन् । प्रवेशिका परीक्षामा पास भएकैले होला मनमा हर्षका रंगीन बुट्टाहरू पलाउँदै गरेका थिए ।

मेरा पात्रहरूसँगको रात

  • by

चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो तेजिलो प्रकाशमा त्यो तातो रापमा आफ्नो आहुति दिँदै छन तिनीहरू । आफ्नो प्राण पखेरु कतिखेर सिद्धिने हो अन्जान छन् उनीहरू । यस्तै दृश्यमा अनायासै म हराउन पुग्छु । चिसो हावाले मलाई र्स्पर्श गर्छ । शरीरमा चिसा तरङ्गहरू फैलिन्छन् । मलाई एक प्रकारको आनन्दको महसुस हुन्छ ।

मेनुका टाउको निहुँर्याएर सुन्दै थिईन्

  • by

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरू रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरू हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरूले रुपालाई लोभ्याउनका लागि गरेको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सौन्दर्यतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीत मरुञ्जेल नियाल्दा एक प्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरू उतार्ने गर्दथी ।