Skip to content

निर्मल भट्टराई

भीर-पहिरो

  • by

मुसलधारे पानी परिरहेको थियो । बाङ्गोटिङ्गो चिप्लो पहाडको बाटोमा मानिसहरूको लस्कर हिँडिरहेको थियो – हजारौँ लाखौँ । अग्रभागमा उमेर पाकेका, अनुभवी जस्ता देखिने, हँसिला जाज्वल्यमान अनुहार बोकेका मानिस थिए, पछाडि सर्वसाधारण – हामी जस्ता । मसंग भर्खरै हुम्लाबाट झरेका, चप्पल लगाएका, घुर्मैलो कपडा भिरेका, नेपाली नै बोले पनि त्यति प्रष्ट नबुझिने तर प्रसन्न साथी थिए ।