Skip to content

अतित न्यौपाने (कृष्ण न्यौपाने)

” कस्तो हो ! यो मान्छे ?

जन्मेपछि पाईलो टेक्ने ठाउँ खोज्दो रैछ मान्छे
ठाउँ पाएपछि गाउँ नै मेरो भन्दो रैछ मान्छे

गाउँबाट शहर गर्दै लालच बड्दै गएपछि
आकाश, जून, घाम पनि मेरै भन्दो रैछ मान्छे

युवा तिमी यस्तो बन

पवन बनेर आनन्द देऊ तिमी बतास हुरी नबन
अग्नि बनेर न्यानो ताप देऊ तिमी ज्वालामुखी नबन
शीतल जल बनेर प्यास मेटिदेऊ नहोऊ नरगिस तिमी
सन्तानलाई धेरै माया देऊ तर हिरण्यकशिपु नबन तिमी ।