Skip to content


जन्मेपछि पाईलो टेक्ने ठाउँ खोज्दो रैछ मान्छे
ठाउँ पाएपछि गाउँ नै मेरो भन्दो रैछ मान्छे

गाउँबाट शहर गर्दै लालच बड्दै गएपछि
आकाश, जून, घाम पनि मेरै भन्दो रैछ मान्छे

बिश्व ब्रह्नाण्ड नै समेटेर हातमा लिए पनि
ईन्द्रियका वशमा परी अघाउँदैन रैछ मान्छे

जवानीको तरङ्गमा पौडी खेल्दै जाँदा पनि
बिनासित्ति बिना काम धाम खोज्दो रैछ मान्छे

( अतित न्यौपाने )
Email – atitnyaupaane@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *