Skip to content

मदन डुम्रे

MadanDumre

गजल “मेरो गाउँ”

सपनीमा मेरो गाउँ धेरै पछि आएँ आज
हराएको खुसी मेरो धेरै पछि पाएँ आज ।

उस्तै छन डाँडा पाखा हुर्किएको ठाउँ प्यारो
चौतारीको चिसो हावा धेरै पछि खाएँ आज ।

कान्छी उस्तै माया उस्तै बोली कति मिठो
उनीसँग चोखोमाया धेरै पछि लाएँ आज ।

गजल “तिम्रै लागि”

परेलीका आँसु पिई तिम्रै लागि बाँची दिन्छु
खुसीहरू सजाएर तिम्रै लागि साँची दिन्छु।

तिमी हिड्ने बाटोभरि फूलै फूल सजाउँदा
बाटो छेक्ने काँडाहरू तिम्रै लागि भाँची दिन्छु ।