सपनीमा मेरो गाउँ धेरै पछि आएँ आज
हराएको खुसी मेरो धेरै पछि पाएँ आज ।
उस्तै छन डाँडा पाखा हुर्किएको ठाउँ प्यारो
चौतारीको चिसो हावा धेरै पछि खाएँ आज ।
कान्छी उस्तै माया उस्तै बोली कति मिठो
उनीसँग चोखोमाया धेरै पछि लाएँ आज ।
बहाना’भो मिलनको खुसी साट्ने सबैसँग
सबैसँगै मिठो गीत धरै पछि गाएँ आज ।
आफूलाई आफैसँग पाए जस्तै लाग्दा यहाँ
रसाएको छानो मनको धेरै पछि छाएँ आज
मदन डुम्रे “बिद्रोही”
स्याङ्जा/ नेपाल
http:www.madandumre.blogspot.com
