प्रेमको तह
ईडिथ टेलरलाई आफूजस्तो सौभाग्यशाली स्त्री कोही छैन भन्ने कुरामा विश्वास थियो । कार्लसित उसको बिहे भएको तेईस वर्ष भइसकेको थियो । आफ्नो लोग्नेलाई देखेर अहिले पनि यदाकदा उसको मुटु ढुकढुक गर्न बन्द गथ्र्यो र मन्त्रमुग्ध भएर ऊ हेरिराख्थी । कार्ल पनि उसलाई ज्यादै प्रेम गथ्र्यो । अफिसको कामले कुनै अर्कै सहर जाँदा हरदिन उ ईडिथलाई चिठी लेख्थ्यो र कुनै न कुनै उपहार पनि पठाउँथ्यो ।
