यथार्थ डी.बी.इलामे गीति कविता मधुपर्क २०६७ कात्तिक by kbsNovember 8, 2010फुल्छन् फूलहरू सबै लहरिँदै, माटो र पानी भए झुल्छन् ती भँमरा यसै वरिपरि, मीठो रसिलो भए डुल्छन् बाघ बनेलु निर्भय भई, बाक्ला वनै ती भए भुल्छन् साधुहरू निशङ्क मनले, मन्दिर गुम्बा भए ।