बाल्यावस्था एक आध्यात्मिक दर्शन
माघशरीर विज्ञानको अध्ययनबाट पनि बुझ्न सकिने आफूभित्र रहेको शारीरिक अङ्ग र त्यसको सञ्चालन प्रक्रिया सँगसँगै हामीमा भौतिक तथा अभौतिक रूपमा प्राणको स्थापन र निरन्तरता भै रहेको हुन्छ । अभौतिक र अमूर्त अवस्थाको प्राणशक्तिको स्थापनाको स्वरूपस्थल अथवा बीज स्वरूपको वृक्ष स्वरूप अवस्थाको रूपमा हामीले प्राण र शरीर भनेर सामान्य अवस्थामा सम्झन सकिन्छ ।
