राष्ट्रकवि घिमिरेद्वारा अनूदित दुर्गा सप्तशती
बडा दसैँ नेपालीहरूको संस्कृतिको प्रतीक बनेको छ । यो अन्याय अत्याचारको नाश, नैतिकताको प्रदर्शन, आस्थाको प्रतीक बनेको छ । यसले अन्धविश्वास रूढी-कुरीतिको विरोध गर्दै सत्धर्म र विवेक स्थापना गर्न प्रयास गरेको छ । यो कर्मको रूपमा संस्कृतीय बनेर नेपाली जनजीवनमा छाएको छ । यसलाई कुनै धर्म वा जातसँग सम्बन्धित नभई जनताको कल्याणको रूपमा लिनुपर्ने आवश्यकता छ ।
