छोरीको बिहा
हो,
मलाई लाग्दै थियो कि शायद म मर्दैछु ।
त्यस सुनसान भूतबंगलामा म
ए.क.लो ।
उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, कल्याण, आदि । मेरो खाता रित्तो थियो । यसको बिपरित कुकर्मका पोकै पोकाहरू लादिएका थिए मेरा माथामाथि । म सोच्न थालें -अहिले मेरो मृत्यु भयो भने सिधै नर्ककै यात्रा। नरकमा झोसिने भएँ म, करु तेलको भट्टीमा । चुल्ठो समातेर चोप्लनेछन् मलाई देवदूतहरूले । “ऐय्या आत्था,” अनायास म जोर जोरले कराउन थालें ।
