गुरुङ जातिको इतिवृत्तान्त
अनुसन्धानकेन्द्रित यो पुस्तक तमू जातिको इतिवृत्तान्त हो भन्दा फरक पर्दैन। पाँच खण्डमा विभाजित तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृति पुस्तकको सुरुमा तमू जातिको नश्लीय, सांस्कृतिक र धार्मिक इतिहास राखिएको छ। मंगोलियादेखि चीन, तिब्बत हुँदै तमूहरू नेपाल किन र कसरी आए भन्ने जानकारी यस खण्डमा मिल्छ। तमूहरूले यसबीचमा अँगालेको धर्म-संस्कृति, त्यसको इतिहास र स्वरूपको चर्चा यसमा गरिएको छ।
