Skip to content


अनुसन्धानकेन्द्रित यो पुस्तक तमू जातिको इतिवृत्तान्त हो भन्दा फरक पर्दैन। पाँच खण्डमा विभाजित तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृति पुस्तकको सुरुमा तमू जातिको नश्लीय, सांस्कृतिक र धार्मिक इतिहास राखिएको छ। मंगोलियादेखि चीन, तिब्बत हुँदै तमूहरू नेपाल किन र कसरी आए भन्ने जानकारी यस खण्डमा मिल्छ। तमूहरूले यसबीचमा अँगालेको धर्म-संस्कृति, त्यसको इतिहास र स्वरूपको चर्चा यसमा गरिएको छ। तमूले अंगीकार गरेका प्रमुख तीन धर्म बोन, बौद्ध र हिन्दु धर्मको प्रभाव र स्वरूप तथा तमू जातिसँग सम्बन्धित ऐतिहासिक स्थानहरूको परचिय दिइएको छ। अरू खण्डमा तमूहरूको जन्मदेखि मरणोपरान्त संस्कार, चाडपर्व, ल्हो पद्धति अर्थात् तमूहरूको धार्मिक पात्रो, रैथाने संस्कृति, संगठन, पहिरन तथा भाषाबारे सविस्तार चर्चा गरिएको छ।

लिपिको विकास नभएको समयमा पनि मानिसले आफ्ना इतिहासबारे प्रशस्तै छाडेर गएका रहेछन्। जनश्रुतिमा आधारित ती मौखिक दस्तावेजलाई इतिहास निर्माणका महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिँदो रहेछ भन्ने सफल प्रमाण होमा थकालीले यस पुस्तकमार्फत दिएकी छन्। यसलाई नेपालको मानवशास्त्रीय एवं सांस्कृतिक इतिहासको अध्ययनका क्षेत्रमा महत्त्वपूर्ण प्रयोग र प्राप्ति मान्नुपर्छ। ती मौखिक परम्परामा बाँचेका ऐतिहासिक दस्तावेजको सुरक्षण र अभिलेखनको काम सराहनीय त हुँदै हुन्।

नश्लका आधारमा राजनीतिक सीमा र व्यवस्था कोरनिुपर्ने आवाज उठिरहेको सन्दर्भमा आएको यस पुस्तकले प्रवाह गर्ने सन्देश अझ अर्थपूर्ण छ। लेखिकाले यसलाई पनि ध्यान पुर्‍याएको देखिन्छ। आदिवासी जनजातिमा सूचीकृत तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृतिको यात्राले सामाजिक एकता, भाइचारा र जातीय स्वाभिमानको एकमुस्ट अभिव्यक्ति दिइरहेको महसुस हुन्छ। यिनको उद्गमस्थल मंगोलिया भए पनि आजभन्दा १ हजार ५ सय वर्षअघि उनीहरूको पहिलो बस्ती नेपालको पश्चिम हिमालका खोँचमा बसालेको देखिन्छ। चीन, तिब्बत हुँदै उत्तरी क्षेत्रबाट नेपाल भित्रिएका यी तमू-गुरुङहरूले बसाइँसराइ र बस्ती विस्तारसँगै धार्मिक र सांस्कृतिक व्यवहारमा समेत परविर्तन गर्दै हिँडेको कुरा पुस्तकमा उल्लेख छ। सुरुमा जीववादी विचारबाट धार्मिक विश्वासतिर आकषिर्त भएका उनीहरू प्रकृतिलाई मानवीकरण गरी पूजा गर्थे। प्रकृतिलाई जीवसरह ठानी पूजा गर्ने र दैवी लीलाका रूपमा प्राकृतिक घटनाक्रमलाई व्याख्या गरी भक्तिभाव देखाउने उनीहरूको त्यसबेलादेखिकै विशेषताले आज पनि नेपाली समाजमा प्रशस्तै ठाउँ लिएको छ। प्रकृतिका रहस्यमय घटनाक्रमले नै उनीहरूप्रति धार्मिक भावना पलाएको र पछि मानसिक समस्या, रोग पहिचान र निदानका लागि झाँक्री परम्परा सुरु भएको, त्यसैबाट विकसित परम्परा पछि गएर बोन धर्मावलम्बी भएको क्रमिक इतिहास यस पुस्तकमा उल्लिखित मानव विकाससम्बन्धी रोचक वर्णन हुन्। धेरै विद्वान्ले सुदूरपश्चिम र कणर्ाली क्ष्ाेत्रका खस/आर्यहरूको धामी परम्परा पनि यिनै बोन धर्मावलम्बीहरूको प्रभाव मानेका छन्। त्यसैगरी, हिन्दु अर्थात् खस-आर्यहरूबाट पनि तमू-गुरुङहरूले प्रशस्तै सांस्कृतिक व्यवहारहरू ग्रहण गरेका छन्। मंगोलियादेखि मनाङ-मुस्ताङसम्मको यात्राका बीच तमू-गुरुङहरूले अनेक भूराजनीतिक परििस्थतिहरूसँग जुझ्ने र भिज्ने क्रममा लामा-बुद्ध धर्म हुँदै हिन्दु धर्मतिर ढल्किँदै अहिले मिश्रित धर्म अवलम्बन गरेको नमुना जातिको परचिय दिइरहेका छन्। हालैका तीज र दसैँको रमझममा देखिएका मंगोलियन अनुहार र तिनका निधारमा देखिएका रातो टीका, जमराहरू यसका ताजा दृश्य हुन्। नेपाली समाजका आन्तरकि आयामहरू बुझ्नका लागि यी ताजा र वस्तुगत सामग्री पनि हुन्, जसले एकअर्को जाति र समुदाय छुट्टिनै नसक्ने गरी खप्टिएको देखाउँछन्। एक-अर्काका सामाजिक सम्बन्ध, धार्मिक आस्था र सांस्कृतिक व्यवहारहरू खँदिलोसँग जेलिएका छन्। यस पुस्तकभित्र पनि तमू-गुरुङ र नेपालका अन्य जातिका सांस्कृतिक-धार्मिक व्यवहारसँगको तुलनात्मक अध्ययनले यही देखाएको छ, जुन जातीय आधारमा राज्य विभाजन र नश्लका आधारमा अवसर तथा स्रोतको बाँडफाँट गर्नुपर्छ भन्नेहरूका लागि सोचनीय विषय हो। यति मात्रै होइन, भावी सामाजिक संरचना र मानव विकासको प्रवाहलाई कतातिर लैजाने भन्ने गहन मन्थन भइरहेका बेला हाम्रा समाजशास्त्री/मानवशास्त्रीका लागि मात्रै होइन, फाट्टफुट्ट सुनिने सोसल इन्जिनियरङि्को जिम्मा पाएका राजनीतिक नेताहरूका लागि समेत यो पुस्तक नेपाली समाजलाई बुझ्ने र मार्गदर्शन गर्ने सामग्री बन्न सक्छ।

पुस्तक निकै मिहिनेतका साथ अध्ययन र अनुसन्धानबाट तयार गरेको देखिन्छ। कतिपय सन्दर्भमा कुनै निश्चित लेखकका निश्चित लेख वा पुस्तकमा बढी भर परेजस्तो पनि देखिन्छ। तर, विदेशी लेखकका ती सामग्रीलाई नेपाली समाजकै, त्यसमा पनि तमू समुदायकै अध्येताले पुनःव्याख्या गरेर नेपाली पाठकलाई सजिलो बनाइदिएको अर्थमा बुझ्न सकिन्छ। पूर्वप्रकाशित पुस्तक र लेखकबाहेक धेरै ठाउँमा लेखकले प्राथमिक स्रोतलाई समेत उद्धृत गरेबाट उनको अनुसन्धानप्रतिको लगाव र दक्षतालाई प्रतिविम्बित गर्छ। विभिन्न विकासे संस्थाहरूमा परामर्शदातृका रूपमा सक्रिय लेखक थकालीले आफँै सदस्य रहेको जातीय समुदायलाई अनुसन्धानको विषय बनाएर त्यस जातिप्रति पनि न्याय गरेकी छन्। थकालीले प्रशस्तै ठाउँमा तमू-गुरुङसम्बन्धी अन्य लेखकका पूर्वप्रकाशित सामग्रीका कतिपय तथ्य र तर्कहरूको खण्डन, मण्डन गर्दै नयाँ तथ्य र तर्कसमेत अघि सारेकी छन्। तिनको सत्यापनका लागि अन्य विद्वान्हरूको प्रतिक्रिया थप अपेक्षित ठहरन्िछ। थकालीको यस प्रयासले नेपाली समाजशास्त्री, मानवशास्त्री एवं इतिहासकारका लागि स्तरीय बहसलाई बढावासमेत दिनेछ। यसले सरोकारवालालाई खोज र अध्ययनका लागि थप घच्घच्याउँछ।

कुनै जातिविशेषको उत्पत्ति, विस्तार, धर्म-संस्कृतिजस्ता विषयमा कलम चलाउनुलाई रूखो लेखन पनि भन्ने गरन्िछ। तर, तमू-गुरुङले आजसम्म बेहोरेका आरोह-अवरोह, सामाजिक-राजनीतिक संघर्षका कथाहरू, आज यस जातिले अँगालेका व्यवहारहरूको रोचक वर्णनका कारण यो पुस्तक रूखो इतिहास या दस्तावेजजस्तो लाग्दैन। नेपाली भाषामा, नेपाली कोण र नेपाली हातबाट लेखिएको तमू-गुरुङहरूको यो स्तरको अनुसन्धानमूलक इतिहास र सांस्कृतिक अभिलेखन पाउनु नेपालको मानवशास्त्रीय जगत्कै लागि महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ। किनभने, अहिलेसम्म विदेशी विद्वान्हरूले नै बढी चासोका साथ अध्ययन र लेखनको विषय बनाइएको थियो, यसलाई। सरल, स्तरीय र तथ्यपरक प्रस्तुति रहेको पुस्तकमा तस्िबर, चित्र र नक्सासमेत प्रयोग भएका छन्, जसले विषयलाई बुझ्न सघाउ नै पुर्‍याउँछन्।

नेपाल साप्ताहिक ४१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *