Skip to content

इस्माली

अग्नियुद्ध

  • by

‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता क्रियाकलापलाई बा गौड गरेर हेरिरहुनहुन्थ्यो र काममा अलिकति तलबितल पर्‍यो कि उहाँ भन्नुहुन्थ्यो, “आगोसँग होस् गर्नु । होस् पुगेन भने आगोले खान्छ । आगोसँग खेल्ने त मोहन हो मोहन ! पटक्कै नडराउने, न राजासँग, न आगोसँग ।”

गोबर्द्धनले बुझेको राष्ट्रवाद

  • by

तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्‍यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइन । कोशीको बाँधको डुबान होस् वा मेचीको कटान, बकेया बागमतीको डुबान होस् वा महलीसागरको, शारदा ब्यारेजको पनपक्षे होस् वा ब्रहृमदेवमण्डी अर्थात् टनकपुरको अतिक्रमण, कालापानीको बेदखली होस् वा दशगजाको मिचमाच, छिमेकीको नियतबाट ऊ भलिभााति परिचित थियो । सर्पको सन्तान सर्पै हुन्छ भनेझैा साम्राज्यवादको आत्मज -हुन त यस सन्दर्भमा उसलाई आत्मज शब्द त्यति उपयुक्त लागिरहेको थिएन तथापि तिनको व्यवहारले ऊ नयाँ शब्द खोजिहाल्नुपर्छ भन्ने निश्कर्षमा पनि पुगिहालेको थिएन) ले साम्राज्यवादी, उपनिवेशवादी नीति नै लिन्छ भन्ने उसको धारणा थियो । हुन त उसका कतिपय साथीहरू ‘तेरो धारणा वा सोच पूर्वाग्रही छ’ भन्थे तर पनि ऊ आˆनो अवधारणामा यतिञ्जेलसम्म कायम नै थियो । ‘पछि परन्तु सच्याउनु परेछ भने देखाजाला, सच्याउँला’ भन्थ्यो र उसका साथीहरू चुप लाग्थे । छयालीस सालको नाकाबन्दीको त गोबर्द्धन भुक्तभोगी नै थियो । छयालीस सालमै गाउँका सारालाई उसले ‘अब त छिमेकीको कोखाको दाँत देख्यौ कि ?’ भनी आँखा खोल्ने प्रयास नगरेको होइन तर पनि गाउँलेहरूले चेतेका थिएनन् ।