विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको गठन
विश्व नेपाली साहित्य महासंघ रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरूको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरू बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ।
