Skip to content

सुरेन्द्र निरौला

मेरी प्यारी

अनायासै झस्के आज , सपनिमा तिमीलाई देखे
फेरिएछ मुहार तिम्रो, आफ्नैलाई पनि पराइ सोचे
झरना जस्तो केश तिम्रो कुवा जस्तो भएछ
रङएछौ त्यसरीनै,मसी लत्पत्याएसरी

मेरो देश

छोप्यो परेली धमिलो धुवाले,
सुने चित्कार यी मेरा कानले
भौतारिरहे यताउति तर भेटिन कसैलाई
सन्नाटा छायो यो मेरो मनभित्र
बाहिर थिएन कोही, न कुनै शत्रु न कुनै मित्र