अनायासै झस्के आज , सपनिमा तिमीलाई देखे
फेरिएछ मुहार तिम्रो, आफ्नैलाई पनि पराइ सोचे
झरना जस्तो केश तिम्रो कुवा जस्तो भएछ
रङएछौ त्यसरीनै,मसी लत्पत्याएसरी
चिटिक्क परेका तिम्रा आँखा गाजल पोती छोपिछौ
पिपलपाते ओठ तिम्रा लिपिस्टिकले बडाएछौ
कस्ता कस्ता त कवी हुन्थे त्यो तिम्रो रुप देखी
बण॔न गरी थक्दैनथे जो कोही पनि
तर आज तिम्लाई देख्दा आँफै भित्र हुरी चल्यो
बरु नदेखेकै भए हुन्थ्यो बचेँकै थिए याद समेटी……
