छोप्यो परेली धमिलो धुवाले,
सुने चित्कार यी मेरा कानले
भौतारिरहे यताउति तर भेटिन कसैलाई
सन्नाटा छायो यो मेरो मनभित्र
बाहिर थिएन कोही, न कुनै शत्रु न कुनै मित्र
धुवा छिचोल्दै अघी बडे देखे एक आकृति
छेवैमा गई हेरें, एक अर्धमुर्छितलाई
पिडामा छटपटाइरहेको बोल्न नसकी चिच्याईरहेको
लाग्थ्यो कुनै बिभत्स घटनाको परिदृश्य हो त्यो
अनुत्तरित थिएँ म, आखिर के हो यो, को हुन उनी
एक्कासि आवाज सुने फर्की हेरे
एउटा सुन्दर मुहार, तर जताततै चिथोरिएको
सग्ला हाथ गोडा तर चल्मलाउन नसकी लडिरहेको
त्यो त मेरो आफ्नै देश पो रहेछ
मेरो नेपाल, मेरो मातृभूमि, मेरी जननी
भक्कानिएँ, म बने निशब्द …………
