Skip to content

Subash Adhikari (Yogi)

माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ

  • by

माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ

जति कराऔ, कुटऔ, पीटोउ
सहि बस्ने भन्दा, उल्टै भिड्ने मायालु प्यारो हुन्छ

माया प्रेमको नियम यस्तै रहेछ
सोधी खोज्ने भन्दा, मनै पिर्ने मायालु प्यारो हुन्छ

बुझ्ने गाह्रो छ यो अनौठो खेललाई
चोट सिउने भन्दा, हृदय चिर्ने मायालु प्यारो हुन्छ

माफ गर्नु होला

  • by

लौ भन्दिन्छु म त माफ गर्नु होला
मन धेरै फोहोर भयो साफ गर्नु होला

धेरै सोचेको थिए तर रहेछ थोरै
तपाइको मनमा मेरो मायाको रांफ भर्नु होला

सक्दिन म त हेर्न अरुलाई
अरुलाई मनबाट सखाप गर्नु होला

तर पनि हुदैन त्यति तपाईबाट भने
लौ भन्दिन्छु म त माफ गर्नु होला