Skip to content

म भुलुँ कसरी


एकान्त अनि अँध्यारो रात म भुलुँ कसरी
तिमीसँग बिताएको साथ् म भुलुँ कसरी

जिस्किंदै अनि लजाउदै पनि
थामेको यो हात म भुलुँ कसरी

आँखाले अनि ती ओठले
चढाएको त्यो मात म भुलुँ कसरी

स्पर्स अनि चुम्बनसँगै
सुतेको त्यो खाट म भुलुँ कसरी

टासिएर अनि निर्वस्त्र भै
बढाएको त्यो ताप म भुलुँ कसरी

निन्द्रा अनि बेहोसीमा
चढाएको त्यो लात म भुलुँ कसरी

सबेरै ऊठेर मुहार छोपी
मानेको त्यो लाज म भुलुँ कसरी

4 thoughts on “म भुलुँ कसरी”

  1. कस्तो राम्रो श्रिंगारिक गजल
    कस्तो राम्रो श्रिंगारिक गजल लेख्नु भएछ सारै नै मन पर्यो र आशा गर्छु कि पछि पनि तपाईका यस्तै रमाइला गजल हरु पढ्न पाऊँ

    1. धन्यवाद
      मेरो गजल मन पराइ दिनु भएकोमा तपाइलाई धेरै धन्यवाद छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *