हिजो राति बगैंचामा, एउटा फूल सारेको
जीवनको बाटो सँगै, एउटा पुल तारेको
जीवनको सेरोफेरो, यस्तै रहेछ हामी सबैको
नया जीवनको आगमनको, एउटा मूल पारेको
संस्कार बेग्लै, रीत् बेग्लै, सबै थाहा हुँदा हुँदै
सबै कृत्रिम, ढोंग मान्दै, मैले त्रिशुल गाडेको
जात पात धर्म के हो? सबै बेवास्ता गरी मैले
सबै जानी बुझिकन, एउटा कूल हारेको
