आगामी २० अगष्ट २०११ मा सोनादा महाविद्यालयमा १९औं नेपाली भाषा मान्यता दिवस मनाईने
गत वर्ष, २० अगष्ट २०१० मा सोनादा महाविद्यालयमा पहिलो चोटी १८ औं नेपाली भाषा मान्यता दिवस मनाइयो,यस वर्ष फेरि भाषा दिवस मनाईने भएको छ !!
१९९२ सालको २० अगस्तको ऐतिहासिक दिन भारतीय संसदको सदनमा नेपाली भाषा मान्यताको विधेयकलाई सर्वसम्मतिद्वारा पारित गरिएको थियो भने त्यसै दिन राष्ट्रपति डा. शंकरदयाल शर्माद्वारा स्वीकृत पनि गरिएको थियो। भारतीय सम्विधानको ७१ औं संशोधन ऐन १९९२ अनुसार १ सितम्बर, १९९२ को दिन भारतको राजपत्रमा नेपाली, कोङ्कनी र मणिपुरी भाषालाई सम्वैधानिक मान्यता दिएको अधिसूचना प्रकाशित गरियो !
THE CONSTITUTION (SEVENTY-FIRST AMENDMENT) ACT, 1992
