Skip to content

www.samirchhetri.blogspot.com

“दुइ मुक्तक”

(१)

मान्छे उही हो, यहाँ खाली बसाई फेरिन्छ,
अनुहार उही हो, यहाँ खाली हसाई फेरिन्छ,
कति बगोस् निर्दोस् गोर्खाको रगत ,
हतियार उही हो, यहाँ खाली कसाई फेरिन्छ !!

(२)

जसले बोल्छ बोल्नदेउ,
मन खोल्नेलाई खोल्नदेउ,
दुइ दिनको चोला जिन्दगी,
बाँच अनि बाँच्नदेउ !!

— समीर “गोर्खा” छेत्री —

नियम मिचेर गजल लेख्दैछु

नियम मिचेर गजल लेख्दैछु,
शब्दहरु सिचेर गजल लेख्दैछु !(१)

काफिया,रदिफ,बहर के हो ?
अनजानैमा गजल लेख्दैछु !(२)

मनमा जे छ सबै पेस्दैछु,
मुटू झिकेर गजल लेख्दैछु !(३)

निदाउन नसक्दा सुनसान रातमा,
दियालो बालेर गजल लेख्दैछु !(४)

चोट र व्यथाले फाटीसक्दा जिन्दगी,
मुहानै टालेर गजल लेख्दैछु !(५)

–समीर “गोर्खा” छेत्री–
रचनाकाल– १८/७/२०११

“२०११ को भानु जयन्ति”

पहेंलो रंग प्लास्टिकको मालामा
सम्झौतामा फसेको भानुलाई,
बधाई छ है जन्म जयन्तिको
बधाई छ,
आज जन्मिएको कविहरुलाई
र स्वगात छ,
घडीको दासत्वमा फसेका दिगजहरुलाई,
थर, जात, धनी-गरिबको
चक्रबिउमा फसेका नेपालीहरुलाई
भाषिक एकताको सुत्रमा बाध्ने भानुलाई,
आज,
नेपालीले जन्म जयन्तीमा मात्रै सम्झने गरेको छ,
झयार पात र सुलिले ढाकेको भानुलाई
हेर्न सम्म पनि फुर्सद नहुने हामी,
आज,
खुब भानु गाथा गाउँछौ,
रामायणको श्लोकहरु रटटा मारी
भोलिको पत्रिकामा आफ्नो नाम र तस्विर खोज्छौ,
भोली,
भानु चिनाउने मोतीरामलाई
भानु भन्नु बेर नलागने,
आदिकवि को हो कुनी
भानु पछि पाला थप्ने,,,,,,
भोली,

अचेल

गाउँ घरकी भाउजूहरू
मलाई “Handsome” भन्दै
तानी तानी म्वाई खान्छन्,
भागौ त “हाई-लिंग” सोंचछन् भन्ने डर छ
नभागौ त “बीरे, बले, भीमे” दाइको डर छ

“मेरो कविता, म होइन”

तिमी अघि उभिँदा
म जस्तै लाग्छ
ए ऐना !
उही रुप, उही अंग
उही म,
तरैपनि
मेरो प्रतिबिम्ब म होइन,
विचार भिन्नै
भावना भिन्नै
मेरो कविता, म होइन !