विनोद भण्डारी
पन्द्र हजार निर्दोषलाई
पन्द्र हजार निर्दोषलाई सेरेर के भयो?
सहमतिका वुंदा मात्रै केरेर के भयो?
क्रान्तिकारी कम्यूनिष्ठ के नै पो गर्यौ खै
रातो पट्टि ललाटमा बेरेर के भयो?
राजा पछि लोकतन्त्र ,गणतन्त्र रटायौ
तन्त्र मात्र नयाँनयाँ फेरेर के भयो?
आन्दोलनमा जाउ भन्यौ नयाँ नेपाल बनाउँन
आजसम्म तिम्रै कुरा टेरेर के भयो?
तीनै चोटी आलु खायौ फेरि मौका चाइयो
म्याद थप्ने उही रमीता हेरेर के भयो?
कालापानि सुस्ताभीत्र झण्डा गाडेर देखाउ
आफ्नै भाको दरवारलाई घेरेर के भयो?

काम गर्ने बेला हुँदा, सुत्छौ अनि गल्ती हुन्न?