Skip to content

कति भूल्न सक्छ्यौ मलाई


कति भूल्न सक्छ्यौ मलाई, था’ हुनेछ हेर्दै जाऊ
उति उति याद मेरा, आउनेछ हेर्दै जाऊ

तनका भोगी हुन्छन् सवै, मबाहेक तिमीसँग
कस्ले पो दिलले माया, लाउनेछ हेर्दै जाऊ

स्मृतिको तरेलीमा, मेरै यादले सताउदा
तिम्रो मनले पीडा कति? पाउने छ हेर्दै जाऊ

मलाई भूलेँ भन्दै तिमी, ती ओठले सुसेल्दा नि
मेरै गीत तिम्रो मनले, गाउनेछ हेर्दै जाऊ

मथेर पो चिन्ता गर्ने, तिम्लाई दुख पर्दाखेरी
ख्याल राख्न अव को पो? धाउनेछ हेर्दै जाऊ

भेटिए नि कोही अरु, आफ्नो स्वार्थ पूरा गर्न
तिमीलाई मियो बनाई, दाउनेछ हेर्दै जाऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *