Skip to content

विष्णुविभु घिमिरे

कठै! मेरो मन

  • by

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

बेकार छ

  • by

आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
ठ राम्रा भएर के गर्नू?
जब ती ठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?

छेपारो उही स्वभाव उही

  • by

जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठू

सम्झनामा

  • by

सम्झना मैनबत्तीजस्तो
मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो
उफ ! यसरी बारम्बार नआए हुन्थ्यो
यसरी घरिघरि नतड्पाए हुन्थ्यो ।
सम्झना चुहिने गाग्रीजस्तो
मन बाटोमै तप्पतप्प चुहिएर
रित्तो मन घर पुग्न पाए हुन्थ्यो
यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो ।

मान्छेको मन

  • by

सर्पको बिषालु दाँत जस्तै
मान्छेको जहरिलो मन पनि
सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ
मान्छेको पापी मन पनि
उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ
साधारणतया र्सपले सधैँ डस्दैन
साधारणतया मान्छेको पनि
यो मन सधैँ देखिदैन
अवसर आउनुर्पर्छ दुवैलाई
कहाँ कतिखेर
अकस्मात् डस्ने हुन्
कसैले भन्न सक्दैन ।