Skip to content

सर्पको बिषालु दाँत जस्तै
मान्छेको जहरिलो मन पनि
सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ
मान्छेको पापी मन पनि
उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ
साधारणतया र्सपले सधैँ डस्दैन
साधारणतया मान्छेको पनि
यो मन सधैँ देखिदैन
अवसर आउनुर्पर्छ दुवैलाई
कहाँ कतिखेर
अकस्मात् डस्ने हुन्
कसैले भन्न सक्दैन ।

जतिसुकै पवित्र मनले सोँचे पनि
मान्छेको मन कहिल्यै र्सवत्र पवित्र हुँदैन
जब उसको पापी मन ब्यूँझन्छ
त्यतिखेरमान्छे र्सपभन्दा डरलाग्दो हुन्छ
मान्छे बिच्छीभन्दा भयानक हुन्छ
पशु स्वभावको एउटा सीमारेखा हुन्छ
मान्छेसँग कुनै निश्चित स्वभाव हुँदैन
तिमी निश्चिन्त हुन चाहन्छौ भने
कसैसँगको निश्चित निर्ढक्क बिश्वासमा पनि
अलिकति अविश्वास कतै न कतै जोगाएरै राख
अलिकति फरक अलग्गै
सीमारेखा कोरेरै राख
त्यो अविश्वास जोगाउन सकेनौ भने
त्यो सीमारेखा कोर्न सकेनौ भने
मान्छे के गर्छ, के गर्दैन
मान्छेको बारेमा म केही भन्न सक्तिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *