Skip to content

शिवानी श्रेष्ठ

अन्तिम पत्र

यो अन्तिम पत्र हो । अब तिमीलाई कुनै पत्र लेख्ने छैन । मेरा तिनै गन्थन हुन त्यसैले तिमीलाई वाक्क पनि लाग्न सक्छ, केही समय छ भने अबश्य पनि पढे ।

म धेरै विगतमा जान चाहान्न । सबै कुरा नहुनु थियो तर त्यही भयो अर्थात हामो भेट माया प्रेम अनि समर्पण । भन गल्ती कहाबाट अनि को कोबाट भयो । मेरो बारेमा तिमीलाई सबै कुरा थाहा थियो, मेरो घर अनि परिवारको बारेमा, तिमीलाई कहिले र कुनै कुरा पनि लुकाएको थिईन न लुकाउन जरुरी नै ठाने ।

हार

हिजो जस्तो छैन आज टाउकै माथि प्रहार भयो
सबैलाई जित्छु भन्थ्यौ एउटैको आहार भयो

फूल फुलाउने सपनामा मलजल गर्यो बिरुवालाई
फूल फुल्न कहाँ पाउनु कोपिलामै संहार भयो

प्रेम

मलाई के लागेको थियो भने सधै १५ मिनेटमा पुग्न सक्ने त्यो एकान्त जंगलमा आज १ घण्टामा त अबश्य पनि पुग्छु किनभने आज अरु दिनको जस्तो तागत थिएन मेरो शरीरमा । डाक्टरले मलाई अब एक घण्टा भन्दा वढी वाच्न नसक्ने वताएका थिए । त्यसैले पनि मैले जंगलको वाटो समाते किनकी मलाई मानिस भएको ठाउँमा सकभर मर्न नपरे हुन्थ्यौ भन्ने लागेको थियो । गाउँमा मरेमा मलाई कसैले पनि चिन्न सक्दैनथे । सवैले मेरो वेवारिसे लाशलाई छि छि र धुर धुर गर्थे । मैले सो‌चे म मर्नका लागि त्यो एकान्त जंगल नै उपयुक्त छ । म छिटो छिटो दौडन थाले जंगल तर्फ ।