Skip to content


तिमीले नबोल्न भन्यौ म चुप लागे
मेरो मन लुटियो म चुप लागे
ममाथि दिन दिनै मुक्का बर्सिए
विश्वासमाथि घात हुदै गए
मेरो शरीर खण्डित भयो
म चुप लागे
तिमीले सहनुहुन्न भन्छौ कि भनेर हेरे
अहँ म मर्दै गएँ र पनि तिमीले केही भनिनौ
मैले सोचेँ शायद तिमीले मेरो शहनशीलताको परीक्षा लिँदै छौ
म तिम्रो लागि अझै शहनशील हुने अठोट गरे
म सहँदै गए
कहिले विश्वासको कुटाई खाएँ
कहिले आत्माको कुटाई खाएँ
कहिले मनको कुटाई खाएँ
कुटाई खाँदा खाँदा म मुर्छित भएछु
अनि जाग्दा पो थाहा पाए
यो सबै भ्रम रहेछ
मेरो मुर्छित शरीर अगाडि बसेर तिमीले खित्का छाडिरहेकी थियौ ।

1 thought on “भ्रम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *