Skip to content

यो अन्तिम पत्र हो । अब तिमीलाई कुनै पत्र लेख्ने छैन । मेरा तिनै गन्थन हुन त्यसैले तिमीलाई वाक्क पनि लाग्न सक्छ, केही समय छ भने अबश्य पनि पढे ।

म धेरै विगतमा जान चाहान्न । सबै कुरा नहुनु थियो तर त्यही भयो अर्थात हामो भेट माया प्रेम अनि समर्पण । भन गल्ती कहाबाट अनि को कोबाट भयो । मेरो बारेमा तिमीलाई सबै कुरा थाहा थियो, मेरो घर अनि परिवारको बारेमा, तिमीलाई कहिले र कुनै कुरा पनि लुकाएको थिईन न लुकाउन जरुरी नै ठाने । समाजको भाषामा हामो सम्वन्ध नाजायज थियो भन्ने कुरा तिमीलाई पनि थाहा थियो र मलाई पनि थाहा थियो तर यती हुदा हुदै पनि त्यसलाई वास्ता गर्ने काम न मबाट भयो न तिमीबाट नै । दिनहरु बित्दै गए, हामी बिच निकै झगडा पनि भए अनि तनाव पनि भए तर यसका बाबजुद पनि हामीबिचको माया मरेन बरू हुर्किदै गयो ।

तर पछिल्ला समयमा तिमीले एक शर्त राख्यौ मैले घर छाडनु पर्छ भनेर । यसमा पनि मेरो विमति केही थिएन तर गाह्रो भने अबश्य थियो, तिमीलाई संझना होला त्यसका लागि तिमीलाई अन्यत्र बसाल्न धेरै ठाउँमा कामको लागी मैले तिम्रै अगाडि त कहिले एक्लै प्रयास गरे तर भाग्यले साथ दिएन । मैले केही गर्न सकिन । किनकि जीवन जिउनका लागि माया मात्र प्रयाप्त हुन्छ भन्ने सतही आडम्वरमा मलाई विश्वास लाग्दैन, आर्थिक संकटले पनि मानिसलाई नरामोसँग गाल्छ, जीवन जिउनका लागि चाहिने न्युनतम आधार नभए माया माया जस्तो हुदैन भनेर मैले हामो लागि यावत प्रयास गरेको थिए तर सकिन । म असफल भए तर पनि म निरास भने भएको थिईन । पछिल्लो समय तिम्रो कामको शिलशिलामा पश्चिमको बसाईले मलाई उत्साहित वनाएको थियो अब हामीले नयाँ जीवन शुरु गर्नु पर्छ भन्ने पनि लागेको थियो तर त्यो लामो समय टिकेन ।

तिमी आयौ र पनि म निरास भने भएको थिएन । संभवत तीन महिना अगाडिको मात्र कुरा हो त्यस्तै एक भेटमा मसँग बिहेको समय मागेकी थियौ म पनि तिमीसँग तीन महिनाकै समय मागेको थिए ।

त्यो तिमो फगत नाटक थियो या के थियो यो त मलाई थाहा भएन तर यो तीन महिनामा तिमीले मप्रति गर्ने भनेको माया तासको घर झै एकै पटक गर्ल्याम्वै ढल्यो । महेशसंगको तिम्रो सम्वन्ध र सुरजसंगको नयाँ सम्वन्धको पर्दाफासले म पछारीए, उठनै नसक्ने गरी । अझ घाउमा नुन चुक त त्यो वेला छरर्यौ जुन दिन तिमीले भन्यौ सुरज र महेशलाई म कहिल्लै भुल्न सक्दिन तपाईको कुनै संझना छैन भनेर ।

वा क्या भन्यौ । सुरज जसले लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेर र रहरमा १ वर्ष सम्म तिम्रो सतीत्व लुटेर सधैका लागि गायव भयो अर्को स्वास्नी च्यापेर । अनि महेश रक्सीले मातेर च्याट र फेसवुकमा तिम्रो यौवनलाई खेलाउदै तिमीलाई अजम्वरी सपना देखाउदै भुलाउदै गयो । अनि उनीहरुका अगाडी मेरो निस्वार्थ माया तिमो लागि घृणित हुदै गयो ।

त्यस पछि मैलै के गर्नु पर्थ्यो की तिमीसँग कहिल्लै नवोल्नु पर्थ्यो की तिमीले जे गर्थ्यो चुपचाप सहनु पर्थ्यो । र की मेरो मायाका कुरा महेशलाई सुनाउनु हुदैनथ्यो तर म सकिन यी सबै मध्ये केही गर्न सकिन तर प्रयास नै नगरेको भने होइन । यसबिचमा मैले गरे सन्ताप र पीर अनि आफै माथी घृणा जागेर हुदाखादाको जागीर छाडे । विश्वासघातको पीडाले कैयो राती भोकै सुते । वीना कसरत शरीरको तौल ७२बाट घटाइ ५२ पुरयाए । मनोवल खसालेर शरीरमा नानाथरी रोग भित्राए ।

के यती गर्न सक्नु मेरो लागि काफी थिएन त, साच्चै भन्ने हो भने मैले जे सके त्यही गरे । तर विडम्वना मैले गरेको मायामाथि मलाई कहिल्लै पनि पश्चाताप भएन त्यसैले प्रायश्चित गर्ने आवश्यक्तावोध नै भएन । सोचे मेरो मायामा के कमी थियो भनेर अहँ मैले केही पाईन । मायामा धोका, विश्वासमा घात हुन्छ भन्ने सुनेको थिए मैले यी सबै सहे आत्मसात गरे । मन भित्र अथाह पीडा छ, ती पीडाबाट उन्मुक्ति खोजे, उन्मुक्ति पाउन सकुला झै त मलाई लाग्दैन तै पनी सान्तवनाले पीडा कम हुन्छ भनेर फेरी एक पटक तिम्रै शरणमा आए । हो मलाई तिमीले माया गर्दिनौ कीनकी म मन पर्न छाडे । के को लागि मसँग आएकी थियौ अनि के नपाएर मबाट टाडा भयौ मैले केही बुझ्न सकेको छैन । तिमी स्वतन्त्र छौ आफ्नै किसिमले जीवन वाच । तर मलाई नै उल्टो घृणा गर्नुको कारण के हो यसको जवाफ नपाउदा सम्म न म रामोसँग वाच्न सक्ने छु न त मर्न नै ।

उही अभागी संजिव

4 thoughts on “अन्तिम पत्र”

  1. ठिस बुढा

    शिवानी श्रेष्ठको पत्र…
    नमस्कार !

    केहि गडबड रहेछ । आफु ‘नि भाषामा कमजोरै छु, कोई कसैलाई सुधार्न सहयोग माँग्दा हुने देखियो ।

    उदाहरण:

    “यो अन्तिम पत्र हो … ”
    यो मेरो अंतिम पत्र हो… (यस्तो हो कि ?)

    (“र” या “त्यसैले”) अब तिमीलाई (“मैले”) कुनै पत्र लेख्ने “छैन” (वा छुईन्)

    केही समय छ भने अबश्य पनि “पढे” (वा पढ वा पढेस वा पढ्नुस…)

    ***

    र मैले पढें:
    पढ्दा – यहां हजुरको कथा, र शब्दहरु माछा जस्तै छिटो छिटो दौडिएको अनुभव गरें । र यो राम्रो होईन ।
    यहां, हजुरको लेखिएको शब्दहरु पढेर पाठकलाई दिमागमा चित्र बनाउने मौका अलि कम भयो ।

    पत्रिकाको लागि लेखिने लघु कथाहरु ३ किसिमका हुन्छन भन्ने सुनें थें । हजुरले कथा लेखनको छोटो तालिम लिँदा हजुरको कथा सुपर हिट हुने अनुभव गरें ।

    सुभकामना !

    1. प्रतिकृया
      नमस्कार
      म भाषामा निकै कमजोर छु गल्ती देखाई दिनु भएकोमा यहा प्रति आभारी छु र आगामी दिनहरुमा कुनै मुड चलेर लेख्ने प्रयास गरे भने यहाको सुझावलाई आत्मसात गर्ने प्रयास पनि गर्ने नै छु । यो प्रतिकृयाको लागि प्रतिकृया भनेर नसंम्झनु होला तर म कुनै लेखक वा साहित्यकार होईन साहित्यमा सामान्य रुचि राख्ने भएकोले अलिकति भावना मनमा वगे र तीनै भावनालाई एकत्रित गर्ने प्रयास मात्र गरे । र यो पत्र साहित्यको कुन विधामा पर्छ भन्ने मलाई कुनै पनि जानकारी पनि भएन र जानकारी लिने प्रयास वा आवस्यक्ता केहि महशुस आज सम्म गरेको छैन । तपाईले गजवको प्रतिकृया दिएर म माथि ठुलो गुन लगाउनु भएको छ । म फेरी आभारी छु र यसमा पनि भाषा सम्वन्धि धेरै त्रुटी होलान कृपया सुधारेर पढ्नु होला ।

      शिवानी

  2. प्रतिकृया

  3. प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *