Skip to content

रमेश तिमल्सिना (मिलन)

तिम्रै तस्विर

फेसबुकको वालमा तिमिलाईनै केरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
सपनीमा तिमी सँगै च्याट गर्दा झझल्कोमा
जि मेलको म्यासेज वक्समा तिमै नाम भरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
टुईटरमा टुईट गर्दा तिम्रो यादले सताउंथ्यो
त्यही भएर स्क्याप्स्मा भिडियो च्याट गरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
डाडापाखा मोबाईलमा टावर आज नभएर
ईन्टरनेटमा तिम्लाई खोज्न बेशी तिर झरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
कहीलेकाही ईन्टरनेटमा डिस्कनेक्ट देखाउंथ्यो
त्यही भएर कोठा भरी तिम्रै तस्विर छरेको छु

मेरी काली

सँगै जिउने सँगै मर्ने हुन्छ मेरी काली
यही सालमा सिउँदो तिम्रो भर्ने हुँन्छ काली
हामी विचमा यो समाज बाधा बन्छ भने
एकान्तमा बसाई सर्ने हुन्छ मेरी काली ।।

खुकुरीको धार छ

तिम्रै लागि भनी जिएँ यो जिन्दगी आधा-आधी
छुरी बोकी किन तिमी सधै मेरो अघिपछि
बलेसी भई आँखाहरू ताल बनेका छन
आफ्नै भन्ने मान्छेहरूले जाल बनेका छन
कता जाऊँ अब मैले काँडे तारको बार छ नि
बार नाघी जादाँ उता खुकुरीको धार छ नि

झुटो हुन्न काली

पिरतीमा जे बोले नि झुटो हुन्न काली
ठुलो ठुलो मौलाएको, बुटो हुन्न काली
विचार गर चोखो माया मनमा हुन्छ हेर,
घाँसको जस्तो बाँध्न मिल्ने मुठो हुन्न काली