SHYAM
चिच्याउने नै यँहा हित
संगीत,सुर अनि ताल बिना अचेल यँहा गीत हुन्छ ।
लोक र आधुनिक गाउने भन्दा चिच्याउने नै यँहा हित हुन्छ ॥
सत्यताको गला रेटी असत्यको गुणगान गाउने समाजमा
राम राम जपी छुरा बोक्नेहरु कै सधै यँहा जीत हुन्छ ॥
धन भए सबै आफ्ना नभए सारा बिरानो हुने समाजमा
आफन्त बनी डस्ने साँप भन्दा पराई नै यँहा मीत हुन्छ ॥
शिक्षा अनि योग्यताले नभई सोर्स फोर्सले चल्ने यो देशमा
आफ्नो मान्छे मात्र भए अनपढ गवार नि यँहा फीट हुन्छ ॥
संगीत,,सुर अनि ताल बिना अचेल यँहा गीत हुन्छ ।
लोक र आधुनिक गाउने भन्दा चिच्याउने नै यँहा हित हुन्छ ॥
लुट्नेहरु धेरै छन् यँहा
सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥
धकमक्क फक्रिएको सुन्दर फूल देख्ने बितिकै
भमरा सरी बास्ना चाहार्न जुत्नेहरु धेरै छन् यँहा ॥
आँखा चिम्ली कसैलाई नि बिश्वाश तिमि नगर
तिम्रो आँशुमा हाँस्दै ताली चुत्नेहरु धेरै छन् यँहा ॥
आफ्नै सामु अत्याचारको नाङ्गो नाच टुलुटुलु हेरी
निदाएको अभिनय गरी सुत्नेहरु धेरै छन् यँहा ॥
सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥
योवनको गल्ती
तिम्री रुपको बयान धेरैले गरेको नि देखें ।
तेही रुपको बिषले कयौं मरेको नि देखें ॥
फूलले आफ्नो सुन्दरताको जति बयान गरेनी,
आखिर एक दिन ओइलिएर झरेको नि देखें ॥
आफ्नो योवनको पासोले अरुलाई कस्न खोज्दा,
कयौंले आफ्नो प्यासि मन भरेको नि देखें ॥
तिम्री रुपको बयान धेरैले गरेको नि देखें ।
तेही रुपको बिषले कयौं मरेको नि देखें ॥

लाज, शरम कहाँ तिमीले लुकाएर गयौ ।