Skip to content

एउटा सुन्दर खाम थियो


हुलाकीको हातमा, एउटा सुन्दर खाम थियो ।
भित्र के के छ कुन्नि, बाहिर मेरै नाम थियो ॥

हतार हतार भित्र गई, खाम खोली हेर्दा
सक्छौ भने भुलिदेउ, यस्तै लेखेको पेगाम थियो ॥

कहाँबाट उदाई लग्यो, मनको सानो फूल बारी
भर्खारैत मेरो मायाको, फूल्ने यहाँ याम थियो ॥

हे समय एकै छिन्, यो श्यामकोलागि रोकिदेउ
तिम्रो अतितसँग मेरो, अलि कति काम थियो ॥

हुलाकीको हातमा, एउटा सुन्दर खाम थियो ।
भित्र के के छ कुन्नि, बाहिर मेरै नाम थियो ॥

2 thoughts on “एउटा सुन्दर खाम थियो”

  1. यो पहिलेनै कुनै दिवानमा पढे जस्तो लाग्छ
    नमस्कार !
    गजलकार Shyam जि, नमस्कार

    मिठो गजल पढ्ने मौका पाएकोमा खुशी छु ।

    यो पहिलेनै कतै पढेको थिएं तर गजलकारको फोटो देखेको थिईन । आज देख्न पाउँदा खुसि छु ।

    बधाई छ ।

  2. ??????????????
    नखोलेरै राखिएको बन्द एउटा खाम थियो
    भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *