पुस्कल पौडेल (---प्रतिक)
”कु” हुँदैछ
मिठो हाम्रो सम्बन्ध बिच भिलेन ”उ” हुँदैछ
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।।
हिजो हाम्रो प्राय जसो भेट्ने ठाउँ चिडियाखाना
हो ?हैन? सुन्दैछु आज सदाका लागि ”जू ” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।
निभाइयो बलेको आगो भर्भराको बाहानामा
थाहा छ! ब्यर्थ अब खरानी माथि ”फु” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।
हिजो अग्ला पहाड सिखर चड्दा लेक लाग्थ्यो
हिड्दा मात्र पनि आज तराइमै ”लु” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।
जस्को कुनै मुल्य थिएन जुन बहुमुल्य थियो
किन ? तुच्छ भई आज सबको ”थु” हुँदैछ ।।

फर्कदैनन आँखाबाट चुइएका सपनाहरू