Skip to content

फर्कदैनन आँखाबाट चुईएका सपनाहरू


फर्कदैनन आँखाबाट चुइएका सपनाहरू
ब्युँतिदैनन आशासँगै तुइएका सपनाहरू

ठस् ठसी गन्हाउने बेकारका रहरहरू जस्तै
गन्हाउदैनन सिँनो झैँ कुइएका सपनाहरू

ठेस पुर्याई अरुलाई,मन भाँची आफ्नै पनि
पुरा हुन्नन जबर्जस्ती दुइएका सपनाहरू

छुवा-छुतका कुराभन्दा अलिकति बाहिर आई
छुनु हुन्नभन्दा भन्दै छुइएका सपनाहरू

अनियन्त्रित सवारी झैँ ठोकिन्छन आखिरमा
कल्पनाको जन्जिरबाट फुइएका सपनाहरू

फर्कदैनन आँखाबाट चुइएका सपनाहरू
ब्युँतिदैनन आशासँगै तुइएका सपनाहरू

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *