पल भरको खुशीमा हाँस्ने कोसिस गर्दैछु ।
जति खुशी मिले त्यति साँच्ने कोसिस गर्दैछु । ।
साथ दिन्छु भन्नेले नै हात छोडे अप्ठेरोमा,
बिना साथ कसैको म बाँच्ने कोसिस गर्दैछु । ।
चोट पीडा अँझै पनि सहनुछ कति कति,
”त्यसैले”
भर्भराउँदो आगो माथि नाँच्ने कोसिस गर्दैछु । ।
पुस्कल पौडेल (—प्रतिक)
