Skip to content

santosh timalsina

मेरा लागी तीजको व्रत

  • by

मुटु भरी माया प्रीत कस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी
सौभाग्यलाई पुज्दैछिन रे दिलको ढोका उघारेर
मेरो मन मन्दिर भित्र पस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी

SantoshTimalsina

भावनाको एक टुक्रा

  • by

मन भित्र बास दिएँ, थाहा छैन किन दिएँ
मुटु त मसँग नि थियो थाहा छैन किन लिएँ
विश्वास गरी माया उनको अमृत मानी विष पिएँ
कष्ट त आखिर मलाई भयो थाहा छैन किन पिएँ ।

सर नमस्कार

  • by

गरीबीसँग जीवन गुरार्दा सबैले गर्थे मलाई तिरस्कार
जागिर खाए पैसा कमाए तिनैले भन्छन सर नमस्कार

बेरोजगारको भूमरीमा रिङ्गटिदै म ढल्दाखेरी
गरीबको डंडेलोमा भित्र-भित्रै जल्दाखेरी
साहाराको हात माग्दा भन्थे तैले के नै गर्छस ?
यही पाराले जिन्दगानी कहिलेसम्म धान्न सक्छस ?

बेथाञ्चोक नारायणस्थान जहाँबाट सिङ्गो नेपाल देखिन्छ

  • by

नेपाल भौगोलिक, धार्मिक विविधता र पर्यटकिय गन्तव्य स्थानको धरोहर हो । नेपालको सर्वोच्च शिखर सगरमाथा लगायत यहाँका भौगोलिक विविधता र पर्यटकिय स्थलहरुले नेपालको गरिमालाई विश्वसामु चिनाएको छ । यिनै विविध पर्यटकिय क्षेत्रहरु मध्ये काभ्रेमा अवस्थित विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुले पनि नेपालको अस्तित्व र पहिचान दिएको छ । नेपालको मेरुदण्ड बनेर पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएको महाभारत पर्वत प्राकृतिक सम्पदा र जैविक सिवविधताको असिम भण्डार हो । महाभारत पर्वत श्रृङ्खला भौगोलिक अवस्थितिका हिसाबले पनि साह्रै मनोरम र मौलिक छ । यसै पर्वत श्रृङ्खलाको सर्वाधित उच्च शिखर ढुंखर्क गाविसमा अवस्थि

नारायणस्थान महिमा

  • by

महाभारतको गुनगन सुन्दा संसर नै लित हुन्छ
हाम्रो नेपाल, हाम्रो काभ्रे, ढुंखर्कको जित हुन्छ

लेकवेशीको यात्रा गर्दा उमङ्ग र हर्ष हुन्छ
चिसो–चिसो हावासंगै हिँऊको पनि बर्षा हुन्छ
विहानीको शितसंग प्रकृतिकोे मित हुन्छ
बेथान्चोकको शानसंगै मेरो पनि जित हुन्छ