Skip to content

नीरा शर्मा

भो आमा !

  • by

धमिरा बनेर आफ्नै सन्तानहरूले
खोइरो खन्न थालेपछि
खोक्रो रित्तो कमजोर काया लिएर
जीर्ण खम्बाहरूको आडमा भाँचिएका डाँडाभाटा गन्दै

एक नौलो अध्याय

  • by

जब सबै रहर र उद्देश्यहरू समाप्त हुन्छन्, त्यतिखेर मानिस मर्नुभन्दा बाँच्नुको पीडाले मर्दो रहेछ । ऊ बेलाबेला आफूलाई विगतका पानाहरूमा चिहाउने गर्छे । जिन्दगी कति निरस र कुण्ठित थियो, ऊ अनुभूत गर्छे । उसलाई फेरि त्यता फर्किन मन लाग्दैन । हुने भए सम्झना आउने सारा झ्यालढोकाहरू बन्द गरििदन्थी । एकान्तमा सम्झना आउँछ । त्यसैले एकान्तबाट आफूलाई बचाउँदै मानिसका भीडहरूमा सुखद अनुभूति खोज्न भौँतारिन्छे । तर, मानिस त हो, जहाँको भए पनि स्वभाव र चरत्रि कहाँ फरक हुँदोरहेछ र ?

आमा मलाई हाँस नभन

हत्या र हिंसाले आक्रान्त भई
सिङ्गो देश रोएका बेला
शान्तिका प्रतीक परेवालाई
बाजको हावाले छोएका बेला
निर्धक्क लामो सास फेरी
आमा मलाई हाँस नभन !