नीरा शर्मा
एक नौलो अध्याय
जब सबै रहर र उद्देश्यहरू समाप्त हुन्छन्, त्यतिखेर मानिस मर्नुभन्दा बाँच्नुको पीडाले मर्दो रहेछ । ऊ बेलाबेला आफूलाई विगतका पानाहरूमा चिहाउने गर्छे । जिन्दगी कति निरस र कुण्ठित थियो, ऊ अनुभूत गर्छे । उसलाई फेरि त्यता फर्किन मन लाग्दैन । हुने भए सम्झना आउने सारा झ्यालढोकाहरू बन्द गरििदन्थी । एकान्तमा सम्झना आउँछ । त्यसैले एकान्तबाट आफूलाई बचाउँदै मानिसका भीडहरूमा सुखद अनुभूति खोज्न भौँतारिन्छे । तर, मानिस त हो, जहाँको भए पनि स्वभाव र चरत्रि कहाँ फरक हुँदोरहेछ र ?
