Skip to content

जितेन्द्र तुलाधर

JitendraTuladhar-02

कालो आतंक

म भाग्दै छु आज भोलि पर पर
डराएर भाग्दैछु म कालोसँग
कालोको घेराबन्दीमा पर्ला भनेर
म सडक सुनसान पार्छु,
दिउँसै कफ्र्यू लगाउँछु
र कही कोही नभएको बेला
म विस्तारै सुटुक्क निस्कन्छु
वरीपरी बाक्लो सुरक्षा घेरा बीच

घातक पाइला

…….र त्यस पछि उनका पदचिन्हहरुलाई पछ्याउदै म हिड्न थाले छाँया सरी……..तर म छाँया त होइन उनको र पनि किन हो म छाँया बनी रहेछु ? ………अन्धकारमय रात्रीमा उनले लगाएको पाउजुको सुमधुर आवाजलाई कुकुरहरुको भुकाईले बिद्रोह गरिरहेछ । एक अपरिचित र अन्जान नारीको पिछा गरिरहेकोछु म, को हुन भन्ने थाहा नपाईकनै । यस्सो हेर्दा चिने जानेको जस्तो पनि लाग्छ तर थम्याउँन सक्दिन । …………नाना भातीका शंका उपशंकाहरु उब्जिरहेछन् मनमा । भुत प्रेत वा आत्मा जस्ता चिजहरु प्रति त मेरो विश्वास छैन तर नभएरै पनि डर भन्ने चिज चाँहि छ लुकेर बसेको अन्तरमनको कुनै कुनामा ।………

JitendraTuladhar

सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू

सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

कति माया दिन्थ्यौ मलाई एकान्तमा भेट्न आउँदा
अन्धकार झैं लाग्छ आज पूर्णिमाका रातहरू ।।

जिन्दगी

विवशतामा कसैका लागि
बाँच्नु परिरहेको यो जिन्दगी ।
कसैको यादमा तड्पी तड्पी
छट्पटिनु परिरहेको यो जिन्दगी ।।
मन भित्र घाऊ चाट पाली
हाँस्नु परिरहेको यो जिन्दगी ।।।
यो जिन्दगी खोई के जिन्दगी ?

रङ्गहरुसँग खेल्न खोज्दा खोज्दै
रङ्ग हराएको यो जिन्दगी ।
शिखर चुम्ने कल्पना गर्दा गर्दे
भुँईमा पछारिएको यो जिन्दगी ।।
हरियाली छाँउन खोज्दा खोज्दै
मरुभूमीसरी भएको यो जिन्दगी ।।।
यो जिन्दगी खोई के जिन्दगी ?

भोको पेटमै भए पनि बाँचेर
अघाउँनु परिरहेको यो जिन्दगी ।
सङ्गित बिना नै बेताल नाँचेर
रमाउनु परिरहेको यो जिन्दगी ।।
दुःखको आँशुमा चुर्लुम्म डुबेर

प्रेम

प्रेम
भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति छ
पुतलीको बत्तीप्रति छ
जस्तो कि तिम्रो मप्रति छ ।