Skip to content

जितेन्द्र तुलाधर

IMG_20200912_084718

गजल

भुकम्पले भत्किएकाे घर बनाउँन सकिन्छ पिल्लर लगाएर
भत्किएकाे याे दिल सकिन्न रहेछ उठाउन
ढाडस लगाएर
भन्नेहरूले भन्छन् याे दिल धेरै कमजाेर छ भनेर
कमजाेर भएरै त सक्याै तिमिले ढाल्न कम बल लगाएर

तिम्रो जस्ताे ढुङ्गाे याे दिल कहाँ छ र बनेकाे सिमेन्ट लगाएर
काेमल माटाेले बनेकाे छ याे दिल धेरै धेरै मेहनत लगाएर
किन्नेहरूले किन्न आए याे दिल सस्तो छ भनेर
अनमाेल भएरै त फर्की गयाै तिमीले मात्र भाग लगाएर

तिम्रो भित्ता जस्ताे रंगिन कहाँ छ र बनेकाे रंग लगाएर
राताे माटाेले लिपेकाे छु याे दिल एकदम मन लगाएर
हेर्न आउनेले काेट्याई काेट्याई हेर्छन् भित्र के छ भनेर

JitendraTuladhar-03

धृतराष्ट्र सरकार

सरकारलाई मात्र गन्न आउँछ,
१,२,३,४… गर्दै मरेकाहरूकाे लास !
हाे, सरकारलाई मात्र गन्न आउँछ,
१,२,३,४… गर्दै दशैं भत्ताकाे रास !

सरकार भन्छ,
सडकमा काेही सुत्नु परेकाे छैन,
भाेकभाेकै काेही बस्नु परेकाे छैन,
हाे, सरकार भन्छ, भन्छ र भन्छ मात्रै,

सेताे गुलाफ

पति वियोगमा
रातो त्यागेकी विधवा झैं
सेतै फुल्छौ तिमी जिन्दगीभर
ए सेतो गुलाफ !
कुन काल खण्डमा तिम्रो ‘जीवन’ मर्यो ??
दैवले कहिले तिम्रो ‘सिन्दुर’ खोस्यो ??
र प्रण लियौ तिमीले
जिन्दगीभर सेतै फुल्ने,
रातो रंगसँग पारपाचुके गर्ने ??

अनुभूति

बुबा जुन उमेरसम्म
रूख चढ्न सक्नु हुन्थाे
म साेच्थे पैसा रूखमा फल्छ ।
जब त्याे रूखसँग सँगै
बुबा बुढाे हुनु भयाे
र रूख चढ्ने पालाे मेराे अायाे ।
रूखमा मैले पैसा हैन, पात मात्रै पाए ।
र थाहा पाएँ अाज
बुबाकाे पैसामा अाउने त्याे नमिठाे गन्ध
उहाँकाे पसिनाकाे थियाे ।

बुबाले पसिनासँग साट्नु भएकाे पैसा
र त्याे पैसासँग साटेकाे मेराे नयाँ लुगा
अाजभाेलि जति पुराना भएका छन्
त्यतिनै ताजा भएर अाउँछ बुबाका यादहरू
र म हेर्छु अाजकाल यी ठेला उठेका हातहरू
अनि सम्झन्छु बुबाका ती अाधा भरिएका पेटहरू
जाे अघाएनन् कहिल्यैै “म” नअघाउँला भनेर

अाजकल,
अाजकल अाफ्नाे निधारबाट बगेका

त्याे सेताे क्यानभास

पहिला पहिला
म बच्चा हुँदा
गुरूले लेख्नु हुन्थ्यो
त्यो ठुलो कालोपाटीमा
ती सेता बाङ्गातिङ्गा धर्काहरू !

हो,
हो ती रंगहिनझै लाग्ने
सेता धर्काहरू
कहिले कपुरी ‘क’ बन्थ्यो
कहिले अनार ‘अ’ बन्थ्यो

प्रधानमन्त्रीलाई पत्र

यो रू. ५ को टिकट नटाँसेको पत्र सरकारी हुलाकीले तपाईं समक्ष पुर्याई दिन्छन कि दिदैनन् थाहा भएन । र पनि लेख्दैछु ।

केही गर्न नसके पनि सपना देख्नु ठुलो कुरा हो, यो भ्रष्टाचार गर्नु जस्तो गलत कदापि हैन । चुनावमा भोट दिने कुरामा म तपाईको साथमा भए पनि नभए पनि सपना देख्ने कुरामा म तपाईको साथमै छु किनकि म पनि राति राति तपाईले जस्तै अनेकौं सपना देख्ने गर्छु । अस्ति भर्खरै भूकम्पले भत्काएको घर एक दिनमै बनाएको सपना देखे र ढंग पर्दै उठेको त आफूलाई जस्तापाताको छाप्रोमा पो पाए । मेरो गाउँ बुंगमतीमा पुनर्निर्माणको शुभारम्भ गर्न तपाईं आउनु भाको धेरै भाको छैन, यस्तै ४/५ महिना मात्र भो होला । तपाईले सकेसम्म छिटोभन्दा छिटो काम गरेर कम्तीमा ३०/४० वर्ष भित्र पूरा गर्नुहुन्छ नै भन्ने ठुलो विश्वास छ । तर के थाहा मेलम्चीको एकादेशको कथा जस्तै पो हुने हो कि ।

Are you ready ?

………..” ल अाउनुस् ………. १२०० काे माल ५०० मा ………… ल लानुस् सस्ताेमा लुगा ……….. ल लग्नुहाेस् दुईटाकाे ४०० …………. ” यस्ता यस्तै अावाजहरूकाे काेलाहल भित्र म अाफुलाई पन्छाउँदै थिए – त्याे ब्यस्त सडक पेटीमा । प्रायः जसाे अाेहर दाेहर गर्ने त्याे चिर परिचित बाटाेमा यस्ता स्पस्ट अस्पस्ट अावाजहरू मेरा लागि पाच्य भईसकेका थिए । छरपस्ट रूपमा छरिएका सामानहरू बिक्री गर्न त्यहाँ सधैं त्यस्तै तछाडमछाड मचिन्थ्याे । मेरालागि त्याे स्वभाविक झैं लाग्थ्याे । त्यस्तै साँझ ६ बजे तिर म अाफ्नाे बाटाे लाग्दै थिए, त्यतिकैमा एउटा अावाज मेराे कानमा ठाेक्किन अाईपुग्याे -” अंकल ” ………..

ए कुम्भकर्ण सरकार

ए कुम्भकर्ण सरकार !
अँझै सुत्न पुग्या छैन तँलाई ??
कि अर्को भुइँचालो आउनु पर्छ
तेरो निद्रा बिथोल्न !

कि मर्नु पर्छ
तेरै बाउ वा छोरा
राहतको रकम बाँड्न ?

रगतकाे मूल्य

हुन त
हिराकाे मूल्यभन्दा नि
मूल्यवान हुन्छ ” रगत ”
तर अाज भाेली
सस्तिएकाे छ रगत
नपत्याए
गए हुन्छ हेर्न ‘ मधेश ‘
लिपिएकाे हुन्छ त्यहाँको सडक
निर्दाेषका मूल्यहीन रगतले
मूल्यहीन निर्दाेषका रगतले

फरक संसार

संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।

जाग जनता !!!

तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे

जनतालाई दिएकाे वाचा अाज तिमीले बिर्स्याै कि क्या हाे ?
संविधान लेख्ने कलम अाफै भाचेर फ्याल्याै कि क्या हाे ?
तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे ?

नव बर्ष

नव वर्ष हाम्रो स्वागत छ तिमीलाई ।
यो वर्ष भरी देऊ शान्ति हामीलाई ।।

नरसाउन् कही बुद्धका ती आँखाहरू
नमरुन् कतै कसैका नि आशाहरू
नपाउन् दुःख वेदना कतै कसैले
नपरोस् है पुछ्न सिन्दुर कसैले

नारी दिवस

आधुनिकताको नाममा जब
गुन्यू चोलीलाई एक ठाउँमा फ्याकेर
एक बित्ताभन्दा नि छोटो
मिनीस्कर्टले आफ्नो लाज ढाकेर
स्वतन्त्रता दिवस मनाउने निँहुमा
बिदेशी हुस्कीको मातमा मात्तिएर
आफ्नो लाज सरम सबै भुलेर
रमाएर नाँच्न थाल्छिन्
नचेर रमाउँन थाल्छिन्
तब मलाई ब्यर्थ झैं लाग्छ नारी दिवस
तब मलाई औचित्यहीन लाग्छ नारी दिवस

मेरो देशको नक्सा

दिन प्रतिदिन
साघुरिँदै गएको छ मेरो भूगोल
अतिक्रमणको घेरा भित्र घेरिएर
आज खुम्चिदैँछ मेरो राष्ट्र
गिद्धका गिद्धे नजरहरू बीच
बचाँएर आफ्नो लुटिन बाँकी अस्मिता
जोगाएर आफ्नो बचेखुचेको स्वाभिमान

होसियार !

होसियार नेताहरू !

पुरानै सोच – पुरानै विचार
अनि त्यही पुरानै अनुहार लिएर
आउँदैछन् त्यही थोत्रो आश्वासनको पोको बोकेर
नेता भनाउँदा ती नरपिचासहरू
फेरि चुस्न जनताको रगत
आउँदैछन् लुट्न हाम्रो पसिनाको कमाई

बर्बाद भएँ म हेर

बर्बाद भएँ म हेर तिम्रो मायाको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

धनसँग मन साट्ने, तिम्रो कालो नियत रहेछ
मेरो मनको चोखो प्रित, तिम्रो लागि खेल भएछ
बर्बाद भएँ म हेर तिम्रो झेलको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

हे नारी !

हे नारी! तिमी कतिन्जेलसम्म
घुम्तो ओधेर निहुरी रहन्छौं
निहुरिएर घुम्तो ओधिरहन्छौ ?
तिमी कुनै अपराधी होइनौं
र पनि तिमी कैद छौं
घरको चार पर्खाल भित्र
तिमी नजर बन्द छौं
अनि स्वतन्त्र छन्
ती पुरुष भनाउदाँहरू,

पत्थरका मुटुहरु

कसैका पत्थरका मुटुहरु वीचमा
कास, प्रेमका गुलाफहरु फुलेका भए
सायद, पत्थरको मुटु
नतमस्तक हुने थियो– फूलको समर्पण प्रति
तर यहाँ यस्तै रै” छ,
धोका दिनेहरु दिनै खोज्दा रै” छन्
बुझ्न नचहानेहरु बुझ पचाँउदा रै”छन्
र पनि,
मन– मनै त हो
आखिर,
माया –माया नै त हो
पत्थरको मुटु हुनेहरु पनि
मायाका लागि मरिमेट्दा रै” छन्
असम्भव नै भए पनि
पत्थरको मुटुमा
प्रेमको गुलाफ फुलाउने
कल्पना गर्दा रै” छन्
आखिर कल्पना –कल्पना नै त हो
कल्पनामा जीउने अधिकार
पत्थरका मुटुहरुसँग पनि छ ।

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

लोडसेडिङ्ग

२१ औं शताब्दीमा
ढुंगे यूग जिइरहेका हामीहरू
मकुराको जालो झै फैलिएका
तारहरू बीच
मैनबत्तीको मधुरो प्रकाशमा
उज्याँलो खोज्ने हामीहरू
सम्पन्नताका नाममा सबै भएरै पनि
उपभोग गर्न बन्चित हामीहरू