Skip to content


प्रेम
भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति छ
पुतलीको बत्तीप्रति छ
जस्तो कि तिम्रो मप्रति छ ।

भमरालाई फूल हैन, रस नै प्रिय छ
रस रित्ते पछि अर्कै फूल रोज्छ
पुतलीलाई बत्ती हैन, न्यानो नै प्रिय छ
जब न्यानो हट्छ अर्कै बत्ती खोज्छ
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति

फूल निस्वार्थ छ
र त उनले आफ्नो यौवन सुम्पिन्छे
एउटा अपरिचित भमरालाई
आफ्नो कौमार्य सुम्पिन्छे
तर भमरा रस चुस्न सम्म चुसेर
अर्कै फूल रोज्न थाल्छ
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति

बत्ती निःस्वार्थ छ
र त ऊ आफू जलेर पुतलीलाई न्यानो दिन्छे
एउटा अपरिचित पुतलीलाई
आफ्नो न्यानो माया दिन्छे
तर पुतली जब बत्ती निभ्छ
अर्को न्यानो बत्तीको खोजीमा लाग्छ
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति ।।

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

3 thoughts on “प्रेम”

  1. निकै मिठो र कलात्मक कविता !
    निकै मिठो र कलात्मक कविता !

  2. प्रेम जस्तो पवित्र चिजलाई खेल
    प्रेम जस्तो पवित्र चिजलाई खेल र कामवासनाका रुपमा आजका यूवा पुस्ताहरुले हेर्न थालेको परिपेक्षमा प्रस्तुत कविताले प्रेम समर्पण र त्याग हो भन्ने कुरा दर्साएको छ ।

  3. मनलाई भित्रै देखि छुने कविता
    मनलाई भित्रै देखि छुने कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *