Skip to content

अनुज पाठक

विम्व

चरित्रको ठुलो झ्यांगबाट
अनुशासनका केही मुनाहरू टिपेर
पराकाष्ठाको ठुलो नांग्लोमा राखी
कानूनको प्रचण्ड घाममा सुकाएँ
इच्छाहरू माडेर धुलो बनाई
असन्तुष्टिको साफी लगाएँ

कालो र सेतो

जब म कालो देख्छु अनि कालै सुन्छु,
अनि म सेतोको कल्पना गर्छु,
आगोको रापमा पिल्सिदै जाँदा पो,
बल्ल म हिउँको चिसोपन देख्छु,

एकै निमेष पनि कुम्भकर्ण नछोड्ने,
आकास चिर्ने सपना बुन्छु,
जब जब बाँधिएर पिंजडामा पर्छु,
अनि मात्र पखेटाको चाहाना गर्छु,