कालो र सेतो अनुज पाठक गद्य कविता http://www.anuj-pathak.blogspot.com by anuj pathakAugust 6, 2012जब म कालो देख्छु अनि कालै सुन्छु, अनि म सेतोको कल्पना गर्छु, आगोको रापमा पिल्सिदै जाँदा पो, बल्ल म हिउँको चिसोपन देख्छु, एकै निमेष पनि कुम्भकर्ण नछोड्ने, आकास चिर्ने सपना बुन्छु, जब जब बाँधिएर पिंजडामा पर्छु, अनि मात्र पखेटाको चाहाना गर्छु,