जब म कालो देख्छु अनि कालै सुन्छु,
अनि म सेतोको कल्पना गर्छु,
आगोको रापमा पिल्सिदै जाँदा पो,
बल्ल म हिउँको चिसोपन देख्छु,
एकै निमेष पनि कुम्भकर्ण नछोड्ने,
आकास चिर्ने सपना बुन्छु,
जब जब बाँधिएर पिंजडामा पर्छु,
अनि मात्र पखेटाको चाहाना गर्छु,
पहिले जादुगरको जादु पत्त्याउने म
अचेल जीवनलाइ नै कालो देख्छु,
एउटी अबला माथि गुण्डाहरूको
पालो झैँ देख्छु,
म हुँ मानव
मानवता देखाउछु ,
लुट्छु, उडाउछु मेवा खान्छु,
अनि मात्र सेवा देखाउछु,
धेरै रंगहरू देखे, ढंगहरू देखे
अनि तिनीहरूमाथिको ब्यङ्ग पनि देखे,
तर मेरो नौटंकीमा हस्नेहरूलाई,
चन्डाल रिसाहाको रिस पोखे
द्वेष र रागको प्रतिवादी बन्छु,
ढोँगी बाबाको खोइरो खन्छु,
मान्छेलाई माग्ने भन्छु अनि
कुकुरलाई म्वाई खान्छु,
आफ्नै मनबाट मन यो मोडीरहेछु
अरुको अट्टहासमा डाह गर्ने म,
आज यसै यसै खित्का छोडिरहेछु,
भन्नेहरू भन्छन म पागल भएछु,
ब्यन्जन नालीमा फाली भर्सेलिमै हगेछु,
तर म त मानव हुँ मानवता देखाउछु,
विवेक गोजीमा हाल्छु अनि दुनिया केलाउछु ।।
