Skip to content

कौशल किरण

जब डाँडामाथि घाम डुब्छ (केही मुक्तकहरू)

१,
जब डाँडामाथि घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ
तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ
तिमी थियौ र पो सहेको थिएँ ती हरेक दुखहरू
तिनै दुखहरू बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ

एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले

एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले
जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले

[पाईला पाईलामा ठेस लाग्ने कस्तो कर्म मेरो]२
मनभरी दुखका पहाड, थाम्दा गलायो जिन्दगीले
[जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]