एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले
जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले
[पाईला पाईलामा ठेस लाग्ने कस्तो कर्म मेरो]२
मनभरी दुखका पहाड, थाम्दा गलायो जिन्दगीले
[जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]
[मरि लानु के छ र यहाँ? हाँसेरै जिउँछु भने]२
खुसी रोप्दा मनभरि, आँशुदाना फलायो जिन्दगीले
[जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]
[आफ्ना माझ आफ्नो छुट्टै पहिचान खोज्दाखेरि]२
स्वार्थी संसार झुटो माया, मैलाई छलायो जिन्दगीले
[जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]
[थाहा थियो जिन्दगीको यात्रा हजारौँ माईल छ]
गन्तव्यमा पुग्न नपाई, बिचैमा थलायो जिन्दगीले
[जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]
एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले
जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले
“अधुरो जिन्दगी, अपुरो मान्छे [मिस्टर उदास]”