१,
जब डाँडामाथि घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ
तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ
तिमी थियौ र पो सहेको थिएँ ती हरेक दुखहरू
तिनै दुखहरू बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ
२,
मेरो लासमा फुल चढाएपछि
खटियामा मलाई लढाएपछि
अनि मात्र तिम्रो सिउँदो भर्नु प्रिय
चितासँगै मलाई डढाएपछि
३,
मायाजालमा फसाएर तिमीले
मुटुमा छुरा धासाएर तिमीले
अहो, मेरो त बदनामै गरिछौ
सारा शत्रु ती हँसाएर तिमीले
४,
अचानोमा शिर राखीदिएको छु
र हातमा तक्दिर राखीदिएको छु
भन काट्छ्यौ कि टुक्र्याउँछ्यौ मलाई?
अगाडि सारा शरीर राखीदिएको छु
