Skip to content

टीका मिलन

राष्ट्रिय झण्डा

झण्डा हाम्रो विचलित नभै, राष्ट्रको सान राख्ने ।
नेपालीको अटल गरिमा, देश आफ्नै सिँगार्ने ।।
यै झण्डाले मुलुक कसरी, दिन्छ फेरि चिनाई ।
रातो राम्रो रबि र सशीको, चिन्हले राष्ट्रलाई ।।

फर्फर् फर्फर् गिरी उपरमा, झण्डा यो फर्फरायो ।
हाम्रो सानो मुलुक यसरी, विश्वले चिन्न पायो ।।
यै हो राम्रो मुलुक एसिया, भित्रको सानु देश ।
रातो झण्डा फर फर सधैँ, सूर्य चन्द्रै बिशेष ।।

कसरी म हाँसु ?

कोदो फल्ने बारी पनि बाँझै बस्यो अरे
बाउ आमाले बनाको घर, छानै खस्यो अरे
रक्सी खाई लर्खरिदा बाउले खुट्टा भाँचे
हात मुख जोड्न पनि कठिन भयो गाँठे !